रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका एक कोरोना संक्रमितले देहत्याग गरेका छन्। सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा झुण्डिएर देहत्याग गरेका हुन्।
वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो। स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ।