एफसी चितवनलाई पराजित गर्दै धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को शीर्षस्थानमा उक्लिएको छ। शनिबार भएको अेलमा धनगढीले चितवनलाई ३–० गोलले हराएको हो।
दशरथ रंगशाला भएको खेलमा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बरारबीमा सकिएको थियो।
दोस्रो हाफको ६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले शुरुवाती अग्रता बनाएको थियो। त्यसको ५ मिनेटपटिछ गोल गर्लै ओलावालेले धनगढीलाई २–० को अग्रता दिलाए।
त्यसपछि खेलको ८० औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीको जित पक्का गरे। जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ। धनगढीको यो दोस्रो जित हो।