इटालियन सिरी ए को ३६ पटकको च्याम्पियन युभेन्टसले यस सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। यसअघिका लगातार ९ सिजन उपाधि उचालेको युभेन्टस यस सिजन शीर्ष ४ मा रहन संघर्ष गरिरहेको छ।
सिरी ए मा ३३ चरणको खेल सकिँदा युभेन्टस ६६ अंकका साथ चौथो स्थानमा छ। दोस्रो स्थानको नापोलीसँग समान अंक भए पनि हेड टु हेडमा युभेन्टस पछि छ। त्यस्तै, समान अंकका साथ एसी मिलान ५ औं स्थानमा छ। शीर्षस्थानमा रहेको इन्टर मिलानको ७९ अंक छ भने दोस्रो स्थानको एटलान्टाको ६८ अंक छ।
शीर्ष ४ मा पर्न नसके युभेन्टसलाई अर्को सिजनको च्याम्पियन्स लिग यात्रामा धक्का लाग्नेछ। शीर्ष ४ मा पर्न नसके च्याम्पियन्स लिग खेल्नका लागि युरोपा लिग जित्नुपर्ने हुन्छ। सिरी ए को शीर्ष ४ मा पर्ने टोलीले च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउनेछ।
तर, शीर्ष ४ बाहेक कुनै टोलीले च्याम्पियन्स लिग वा युरोपा लिग जितेमा उसले पनि स्थान पाउनेछ। शीर्ष ४ बाहेकको कुनै टोलीले च्याम्पियन्स लिग र युरोपा लिग दुबै जितेमा उक्त टोली सिरी ए को शीर्ष ३ टोलीले च्याम्पियन्स लिगको समूह चरणमा जानेछन्।
युभेन्टस हाल शीर्षस्थानको इन्टरभन्दा १३ अंकले पछि छ। युभेन्टसले उपाधि जित्ने आशा समाप्त भइसकेको छ। त्यसकारण युभेन्टस अहिले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्नका लागि शीर्ष ४ मा अटाउने प्रयासमा छ।
लिगमा उसले ५ खेल खेल्न बाँकी छ। युभेनटसले यूडिनिस, एसी मिलान, ससुओलो, इन्टर मिलान र बोलोग्नासँग खेल्न बाँकी छ। यीनै खेलको नजिताले युभेन्टसको च्याम्पियन्स लिग यात्रा सहज वा कठिन निर्धारण गर्नेछन्।