मुख्यमन्त्री पदबाट राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै मुख्यमन्त्रीको शपथ लिने बताइएको छ। प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेसँग बहुमत रहेकाले पोखरेलले मुख्यमन्त्री बन्दै शपथ लिने एमाले नेताको दाबी छ।
मुख्यमन्त्री पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पदबाट राजीनमा दिएका थिए। उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गरिसकेका छन्।
लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन्। त्यसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् जुन बहुमतको एकल सरकार बनाउन पुग्ने संख्या हो। आजै बसेको लुम्बिनी प्रदेशसभाको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पोखरेललाई नै प्रस्ताव गरिसकेको छ। यसकारण पोखरेल आजै मुख्यमन्त्री बन्दै शपथ लिने तयारीमा छन्।