सिरम इन्स्टिच्यूट अफ इण्डियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अदार पूनावालाले भ्याक्सिन आपूर्तिका लागि आफूलाई धम्की आइरहेको बताएका छन्। भ्याक्सिनको विषयमा पैसावाल र शक्तिमा भएका व्यक्तिहरूले फोनमार्फत् धम्काइरहेको उनले खुलासा गरेका हुन्।
एक सञ्चचारमाध्यमलाई अन्तरवार्ता दिने क्रममा उनले यस्तो बताएका हुन्। पूनावालाले भने, ‘धेरै राज्यका मुख्यमन्त्री, उद्योग घरानाका प्रमुख रधेरै ठूला मान्छेहरुको फोन आइरहेको छ। उनीहरु सबै तुरुन्त भ्याक्सिन चाहन्छन्। म एक्लै सबैथोक गर्न सक्दिन। ममाथि कति दवाब आइरहेको छ भन्ने बयान गर्न पनि सक्दिन। आकांक्षा र आक्रामकताको स्तर असह्य छ।’
पुनावाला सिईओ रहेको कम्पनिले कोभिशिल्ड भ्याक्सिन उत्पादन गर्ने गर्छ।
धम्किपुर्ण फोन र उच्च दवाबका कारण उनी आफ्ना श्रीमती र बच्चाहरुको साथमा लंदन पुगेका छन्। भारतीय नागरिकलाई यात्रामा प्रतिबन्ध लाग्नुको ८ दिन अघि उनी ब्रिटेन पुगेका थिए।