स्पेनिस ला लिगा फुटबलमा उपाधिका लागि टोलीहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ। लिग अन्तिम समयतिर आइपुगेका बेला उपाधि भिडन्त रोचक बन्दै गएको हो। हाल उपाधिका लागि एथ्लेटिको मड्रिड, रियल मड्रिड, बार्सिलोनाबीच नै टक्कर देखिएको छ।
त्यस्तै सेभिया पनि उपाधिका लागि दाउ हेरिरहेको छ। लिगमा ३४ खेल खेलेको एथ्लेटिको ७६ अंकका साथ शीर्षस्थानमा छ भने समान खेलबाट ७४ अंक जोडेको रियल दोस्रो स्थानमा छ। एक खेल कम खेलेका बार्सिलोना र सेभिया क्रमशः ७१ र ७० अंकका साथ तेस्रो र चौथो स्थानमा छन्।
लिगमा केही खेलहरु मात्र बाँकी रहेका बेला यी चार टोलीका लागि प्रत्येक खेल महत्त्पूर्ण बनेका छन्। यी टोलीहरु खेलको नतिजाले अर्को टोलीलाई फाइदा पुग्ने वा नजिता आफ्नो पक्षमा नआए उपाधि गुमाउनुपर्ने दबाबकाबीच मैदान उत्रने छन्।
याे पनि पढ्नुहाेसः मेस्सीको घरमा बार्सिलोनाको 'ग्यादरिङ', जितको उत्सव की मेस्सीको 'फेयरवेल पार्टी'?
एथ्लेटिकोले लिगमा अब बार्सिलोना, रियल सोसिडाड, ओसासुना र भाल्लाडोलिडसँग खेल्न बाँकी छ। एथ्लेटिकोका लागि बार्सिलोना कठिन प्रतिद्वन्द्वी हो। यस खेलको नतिजाले उपाधि दौडमा गतिलो असर पार्नेछ।
त्यस्तै, रियल मड्रिडले लिगमा सेभिया, ग्रानाडा, एथ्लेटिक क्लब र भिल्लारियलसँग खेल्न बाँकी छ। रियलका लागि सेभिया कडा प्रतिद्वन्द्वी हो। तर, पछिल्ला खेलहरुमा तालिकाको पुच्छरमा रहेका टोलीहरुले पनि शीर्षस्थानका टोलीमाथि दबदबा कायम गरिरहेका छन्।
बार्सिलोनाले लिगमा भ्यालेन्सिया, एथ्लेटिको मड्रिड, लेभान्टे, सेल्टा भिगो र इबारसँग खेल्न बाँकी छ। बार्सिलोनाका लागि एथ्लेटिको कठिन प्रतिद्वन्द्वी हो तर, उसले केही खेलहरुमा तालिकाको तल रहेका टोलीहरुसँग अनअपेक्षित हारे बेहोरिरहेको छ। तीन टोलीको १४ खेलको नजिताले सम्भवत ला लिगा च्याम्पियन निर्धारण गर्नेछ।
हाल ला लिगालाई युरोपको सबैभन्दा उत्कृष्ट लिग भन्न थालिएको छ। यस सिजन कुनै पनि उपाधिका लागि एक मात्र टोलीले अग्रस्थानमा थियो। तर, खेलहरु अघि बढ्दै जाँदा ३ टोली उपाधिका दाबेदार बनेका छन्।
युरोपका अन्य लिगहरुको तुलनामा उपाधिका लागि देखिएको यो टक्कर निकै रोमाञ्चक भएको विश्व फुटबलप्रेमीहरूकाे बुझाइ छ। स्पेनिस क्लबका प्रशिक्षकहरुले ला लिगा उपाधिमा देखिएको टक्करका कारण पनि ला लिगा अरु लिगभन्दा ‘टफ’ र उत्कृष्ट रहेको बताउँछन्।