लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुक धानुकमाथि महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ। लुम्बिनी प्रदेशका महिला सांसदहरूले धानुकमाथि यस्तो आरोप लगाएका हुन्।
महिला सांसद निर्मला क्षेत्री, फुलमति ढेंगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले आरोप लगाएकी छन्।
उनीहरूले आज एक विज्ञप्ती जारी गर्दै डीआईजी धानुकले महिला सांसदहरुका संवेदनशील अंगमा हातपात गरेको आरोपसहित कारवाहीको लागि माग गरेका छन्।
आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बेला उनको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्नामा गएका महिला सांसदमाथि धानुक सहितको प्रहरीले हातपात गरेको आरोप छ।
उनीहरुका अनुसार ७ जना महिला सांसदलाई डिआइजी धानुकले बल प्रयोग गरी दुव्र्यवहार गरेका थिए। उनले मुख्यमन्त्री पोखरेलको निर्देशनमा त्यसरी बल प्रयोग गरेको र बल प्रयोग गर्दा महिला सांसदमाथि दुव्र्यवहार भएको आरोप लागेको छ।
क्षेत्रीले धानुकमाथि कपाल समातेर आफूलाई टिपेर फालेको आरोप लगाएकी छिन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्काले भने यस विषयमा आफुँलाई कुनै जानकारी नभएको बताए। उनले भने – ‘खै त्यस्तो केहि कुरा हामीलाई जानकारीमा आएको छैन।