न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना संक्रमणका कारण निधन भएको छ। निरालाको काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मंगलबार निधन भएको हो।
कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका निरालालाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो। काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्ता हुन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा निरालालाई न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन्।