नेपाली रन मशिन कुशल भुर्तेल आइसिसि प्लेयर अफ दि मन्थको लागि ‘नोमिनेट’ भएका छन्। आइसिसिले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको चयनका लागि जारगरेको ‘नोमिनेशन’मा कुशल परेका हुन्।
कुशलसँगै पाकिस्तानका फाकर जमान र बाबर आजम पनि नोमिनेशनमा परेका छन्। भोटिङको माध्यमबाट प्लेयर अफ दि मन्थको छनोट गरिनेछ।
कुशले गएको महिना नेपालमा भएको नेदरल्याण्डस र मलेसिया सम्मिलित त्रिदेशीय टि–ट्वान्टी सिरिजमा डेब्यू गर्दै किर्तीमानी प्रदर्शन गरेका थिए। उनी डेब्यूसहित लगातार ३ वटा खेलम अर्धशतक बनाउने विश्वकै पहिलो र एकमात्र क्रिकेटर हुन्।