भारत महाराष्ट्रमा कोरोनाका कारण एउटा हृदयविदारक घटना घटेको छ। कोरोना संक्रमित आमाको उपचारको लागि कंसिजन बेड नपाएपछी एक २० वर्षिय यूवतीले स्यानिटाइजर पिएर आात्महत्या गरेका छन्।
आफ्नो आमाको स्वास्थ्य विग्रीएपछी शिवानी नामकी ती यूवतीले नासिकस्थित कोभिड सेन्टर लगेकी थिइन्। तर, त्यहा अक्सीजन बेड नपाएपछी मृत्यू भएको थियो। जसका कारण शिवानी पिडामा थिइन्।
आमाको मृत्यूको पिडा सहन नसकेर उनले आधा लिटर स्यानिटाइजर पिएको प्रत्यक्षदर्शीले बताएका छन्। उनले अस्पताल परिसरमै आत्महत्या गरेकी हुन्।
भारतको महाराष्ट्रमा अहिले कोरोना महामारीका कारण अवस्था चिन्ताजनक छ। अक्सिजन बेड नपाउदाँ कैयौं बिरामीहरु अकालमै ज्यान गुमाइरहेका छन्।