कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। त्यसैगरी, ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६ सय ५ र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंस्था मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ। बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ।
जसमध्ये ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा रहेका छन्। देशभर आइसियूमा ६ सय जना र भेन्टिलेटरमा १ सय ५६ जना उपचाररत छन्।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९ सय ९३ रहेको छ। हालसम्म देशभर २ लाख ८९ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन्।
कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ४ सय ७५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।