डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानद्वारा युवा कवि प्रकाश समीर सम्मानित तथा पुरस्कृत हुने भएका छन्। प्रतिष्ठानले वर्ष २०७६ र २०७७ का लागि नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाजसेवा एवम् पत्रकारितालगायतका विभिन्न क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
गोधूली साहित्य प्रतिष्ठानका अध्यक्ष पनि रहेका समीरसंगै २७ स्रष्टाहरु अभिनन्दित, पुरस्कृत एवम् सम्मानित हँुदै छन्। २०७८ वैशाख १० मा निर्णय सार्वजनिक गर्दै प्रतिष्ठानले कोभिड–१९ को प्रतिकुलताका कारण उक्त अभिनन्दन, पुरस्कार एवम् सम्मान अनुकूल समयमा प्रदान गरिने जानकारी दिएको छ।
प्रतिष्ठानले स्थापनाकालदेखि नै भाषा, साहित्यको क्षेत्रमा अनुकरणीय योगदान पु¥याउने स्रष्टाहरुलाई छनोट गर्दै सम्मान, अभिनन्दन तथा पुरस्कृत गर्दै आईरहेको छ। प्रतिष्ठानले वर्ष २०७६ र ७७ का लागि समाजसेवी शेरबहादुर गुरुङ र साहित्यकार एवम् समाजसेवी बन्दना राणालाई अभिनन्दन गर्ने निर्णय गरेको छ।
सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान दिनुहुने प्रा.डा. लक्ष्मणप्रसाद गौतम, विवश पोखरेल, डा. ज्ञानु पाण्डे, डा. बमबहादुर थापा जिताली, जयदेव भट्टराई, महेश पौड्याल, डा. पुष्करराज भट्ट, बालिका गिरी, डा. दामोदर पुडासैनी ‘किशोर’, पवित्रा घर्ती मगर, विमला तुम्खेबा, विजय सागर, शंकर भारती, जलेश्वरी श्रेष्ठ, महादेव अधिकारी (रामजी अधिकारी), मिलन शेरचन, सन्ध्या पहाडी, गीता कार्की, अस्मिता भण्डारी (टिका), कल्पना अधिकारी, उषा (मीरा) लोहनी, मञ्जु दहाल खराल, मुस्कान खातुन, सपना रोका मगरलाईलगायत सम्मानित एवम् पुरस्कृतका लागि चयन भएका छन्।
अध्यक्ष उन्नति बोहरा शिला एवम् महासचिव दिनेश लम्सालद्वारा जारी विज्ञप्तीमार्फत निर्णय सार्वजनिक गरिएको हो। कोभिडको अवस्था हेरि विशेष समारोहकाबीच अभिनन्दन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ गीतकार उन्नति बोहरा ‘शीला’ले बताएकी छिन्।