सरकारले तोकेकोभन्दा बढी शुल्क लिने काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्टीकरण सोधेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको बताएका हुन्।
ती अस्पतालको शुल्क विवरण नेपाली पब्लिकमा प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी पराजुलीले स्पष्टीकरण सोधेका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले नियम विपरीत बढी शुल्क लिएको पाए कारबाही गर्ने बताएका छन्।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क आईसीयूमा १५ हजार रुपैयाँसम्म लिन पाउने नियम बनाएको छ।
याे पनि पढ्नुहाेस्:
कोरोना संक्रमितमाथि ह्याम्स हस्पिटल र केएमसी हस्पिटलको लूट, दैनिक ५० हजारसम्म असुल्दै