जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत दिने दावी नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री महेश बस्नेतले गरेका छन्। उनले प्रधामन्त्री ओलीलाई जसपाले सघाउने दावी गरे।
जनता समाजवादी पार्टीको बहुमत सदस्य एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको पक्षमा रहेको दावी गर्दै पुर्वमन्त्री बस्नेतले उपेन्द्र यादव–बाबुराम भट्टराई जसपभित्र अल्पमतमा परेको दावी गरे। ‘मलाई आएको सुचनाअनुसार बहुमत सदस्यहरु महन्थ ठाकुर र राजेन्द्र महतोतीर हुुनुहुन्छ,’ उनले भने भने – ‘त्यतिबेला पार्टी फुटाउन खोज्ने सांसदहरु पनि अहिले उपेन्द्रजीहरुको साथमा हुनुहुदैन।’
जसपाले प्रधानमन्त्रीलाई बिश्वासको मत दिने उनले दावी समेत गरे। ‘जनता समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न चाहिने प्रयाप्त मत दिन्छ,’ एमाले सांसद बस्नेतले भने – ‘जसपाको यो निर्णय मन परेन भने उपेन्द्र जी र बाबुराम जीले बिद्रोह गर्नसक्नुहुन्छ होला। त्यो बिद्रोह पार्टी फुटाउने बैधानिक हैसियतको पनि हुदैन्।’
पुर्वमन्त्री बस्नेतले उपेन्द्र–बाबुरामले राजिनामा दिनेसम्मको अवस्था आउन सक्ने बताए। उनले भने – ‘हाम्रै पार्टीभित्र माधव कमरेड, भिम कमरेड, घनश्याम कमरेडलगायतका अतिवादी कमरेडहरुले सामुहिक राजिनामा दिनेसम्मको तहका कुराहरु गरीरहेका छन्। उपेन्द्र जी र बाबुराम जीले पनि राजीनामा दिने तहसम्म जान सक्छन्।’