इण्डोनेसियामा प्रहरीले महिलालाई मासुमा विष हालेर मान्छे मारेको आरोपमा पक्राउ गरेको छ। २५ वर्षकी नेनी नुरजामनले कुखुराको मासुमा विष मिसाएको र उक्त मासु खाँदा एक व्यक्तिको मृत्यु भएको हो।
महिलाले आफ्नो पूर्वप्रेमीलाई मार्नका लागि मासुमा विष मिलाएकी थिइन्। उनले मासु पूर्वप्रेमी घरमा डेलिभर गरिदिन डेलिभरी ब्वायलाई लगाएकी थिइन्। त्यो विषालु मासु डेलिभरी ब्वाय छोरालाई खाए र उनको मृत्यु भयो।
द सनको रिपोर्टअनुसार बेन्दीयामन नामका यी डेलिभरी ब्वाय महिलाका पूर्वप्रेमी टमीको घरमा पुगे। उक्त समयमा टमी घरमा थिएनन्। डेलिभरी ब्वायले त्यहाँ टमीकी श्रीमती भेटे। श्रीमतीले आफूलाई डेलिभरीबारे जानकारी नभएको जानकारी गराइन्। यसबारे फोनमा टमलाई सोधिन्। तर, टमले पनि आफूले केही अर्डर नगरेको भनेपछि उनकी श्रीमतीले डेलिभरी अस्वीकार गरिन्।
डेलिभरी अस्वीकार भएपछि डेलिभरी ब्वायले त्यो मासु आफ्नो घर ल्याए। प्याकेटमा भएको चिकेन उनकी पत्नी र छोराले खाए। चिकेन खानेबित्तिकै दुवैलाई बान्ता हुन थाल्यो र उनीहरुलाई योगाकर्ता सहरको एक अस्पतालमा भर्ना गरियो।
अस्पतालमा बेन्दीयामनकी पत्नी त बचिन् तर उनका छोरा बच्न सकेनन्। उपचारको क्रममा उनको मृत्यु भयो। पुलिसले विषालु चिकेन पठाउने महिलालाई पक्राउ गरेको छ। अनुसन्धानमा प्रेमीले अर्कै युवतीसँग बिहे गरेको भन्दै महिलाले उनलाई मार्न खोजेको देखिएको छ। आरोप पुष्टि भएमा ती महिलाई मृत्युदण्डको सजाय हुन सक्ने त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन्।