नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमण र अस्पतालहरुमा भएका अक्सिजन अभावबारे जानकारी गराउउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन्।
नेता थापाले प्रधानमन्त्रीले केही समयअघि अक्सिजनको अभाव नहुने प्रचारबाजी गरेको उल्लेख गर्दै आकस्मिक बोलाइएको मन्त्रिपरिषद बैठकललाई व्यङ्ग गरेका छन्।
‘प्रधानमन्त्री ज्यू केही दिन अघिसम्म अक्सिजनमा समस्या छैन, सिलिन्डरको कमी हाे भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदै थियो,’ थापाले ट्विटरमा लेखेका छन्, ‘अहिले काठमाडौँ बाहिर मात्र हैन भित्रकै कयौँ अस्पतालमा अक्सिजन पूनः भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन्। आजका दिनमा योभन्दा आकस्मिक कार्य के छ तपाईको?