शनिबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। बैठकले विश्वासको मत लिन आउँदा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
त्यसैगरी बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ।