नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर टेष्ट गर्दा ८२८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै संक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप ५३ जनाकाे मृत्यु भएकाे छ।