ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ।
शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुर प्ले अफमा पुगेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जितमा कप्तान अन्जन विष्टले दुई गोल तथा विमल राना र नुर्लान जाहिदले एक–एक गोल गरे।
खेलको ३६ औं मिनेटमा ललितपुरले कप्तान अन्जनको गोलबाट शुरुवाती अ्रगता बनायो। खेलको ६३ औं मिनेटमा सब्सिच्युट खेलाडी विमलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर बनाए।
दिएको पासमा विमलले वान टचमा गोल गरेका थिए ।
तर, ललितपुरले दोस्रो गोल गरेपछि खेल तनावग्रस्त बन्यो। रेफ्रीको निर्णयमा असन्तुष्ट प्रकट गर्दै विराटनगरका अफिसियलले निर्देशन दिएपछि खेलाडीहरु मैदानबाट बाहिरिएका थिए। केही समयको संवादपछि खेल पुनःशुचारु भयो।
खेलको ८१ औं मिनेटमा कप्तान अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० को अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटियो। र त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा नुर्लानले गोल गर्दै ललितपुरलाई ४–० को जित दिलाए।
जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ। ललितपुर लिगको तेस्रो स्थानमा उक्लिएको छ। विराटनगरले ६ खेलमा ७ अंक जोड्यो । विराटनगर पाँचौं स्थानमा रहेको छ।