अमेरिकाको मेरिल्याण्डमा एक महिलाले आफ्नो साथीलाई घरभित्र चुनेर आफ्नै घरमा आगो लगाएकी छिन्। गेल मेटवेली नाम रेकी ४७ वर्षीया महिलाले फिल्मी शैलीमा घरमा आगो लगाएर बाहिर बसेर रमिता हेरेकी हुन्।
आगो बल्न शुरु भएपछि उनले आँगनमा एउटा कुर्सी राखिन् अनि आफ्नो घर दन्किरहेको हेरिरहिन्। घरभित्र उनको साथी भने चिच्याइरहेका थिए।
उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रत्यक्षदर्शीका अनुसार घटनाभन्दा पहिले घरमा केही हलचल भएको थियो। त्यसपछि त्यहाँ महिला र पुरुषको झगडा भएको जस्तो चर्को आवाज सुनिएको थियो। त्यसपछि घरमा आगो लागेको थियो।
घर जल्न लागेपछि महिला आँगनमा आएर कुर्सीमा बसेकी थिइन्। उनले कुर्सीमा बसेर किताब पढ्न थालेकी थिइन्। प्रत्यक्षदर्शीका अनुसार आगो लाग्दा एक व्यक्ति घरको बेसमेन्टमा फसेका थिए। उनी रोएको आवाज सुनेपछि केही व्यक्तिहरुले उनलाई झ्यालबाट निकालेर बचाएका थिए।
त्यहाँको पह्रहरीले मेटवलीविरुद्ध हत्याको प्रयास, आगजनीको आरोप लगाई मुद्दा दर्ता गरेको छ। उनले घरमा आगो लगाउनुको कारणबारे पनि अनुसन्धान भइरहेको छ।
भिडियाे : https://videos.metro.co.uk/video/met/2021/05/05/4214378295892555101/640x360_MP4_4214378295892555101.mp4