अफगानिस्तानमा बम विस्फोटमा परी ५० जनाको मृत्यु भएको छ। काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीनवटा बिस्फोटमा परेर उक्त संख्यामा मानिसको मृत्यु भएको हो।
मृत्यु हुनेमा विद्यार्थीहरु पनि रहेको बताइएको छ। उक्त बम विस्फोटमा परी अन्य सय जना घाइते भएका छन्। तीन विस्फोटमध्ये एक कार बम विस्फोट र अन्य २ बारुदी सुरुङबाट भएको अनुमान त्यहाँको प्रहरीको छ। विस्फोट विद्यार्थी लक्षित भएको बताइएको छ।
मर्नेहरुमा विद्यार्थी र बाटो हिँडिरहेका मानिसहरु छन्। अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिबानले घटनाको आफूहरुले नगरेको स्पष्ट पारेको छ। यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ।