२१ औं शताब्दीको धेरै उत्कृष्ट फुटबलहरु छन्। क्रिस्टियोनो रोनाल्डो, लियोनल मेसी, रोनाल्डो नाजारियो, रोनाल्डिन्हो, जिनेदिन जिदान...यो सूचि लामो हुनेछ। तर यीमध्ये सर्वोत्कृष्ट खेलाडी को हुन् ?
र्याङ्कर डटकमले विश्वभरका फुटबलप्रेमीलाई कुन फुटबलर २१ औं शताब्दीकै उत्कृष्ट हुन् भनि प्रश्न सोधेको थियो। उनै फुटबलप्रेमीहरुले दिएको भोटको आधारमा र्याङ्करले तयार गरेको प्रतिवेदन र खेलाडीको सूचिबारे हामी चर्चा गर्दैछौं।
५. रोनाल्डो नाजारियो
ब्राजिलियन फुटबलर रोनाल्डो नाजारियो आफ्नो समयमा रोक्न नसकिने खेलाडीको रुपमा परिचित थिए। उनलाई फुटबल प्रेमीले उत्कृष्ट फुटबलरको पाँचौं नम्बरमा पर्ने गरी भोट गरेका छन्।
४. जिदेदिन जिदान
जिदानसँग उत्कृष्ट फिडफिल्डर हुन चाहिने सबै गुणहरु छ। ¥याङ्करले गरेको सर्वेक्षणमा उनी २१ औं शताब्दीको उत्कृष्ट फुटबलरको चौथो नम्बरमा परेका छन्।
३. रोनाल्डिन्हो
रोनाल्डिन्हो २१ औं शताब्दीको उत्कृष्ट खेलाडीको तेस्रो नम्बरमा परेका छन्। यिनले फुटबल खेलेको हेरेर रमाउने दर्शकहरुको पनि छुट्टै भीड छ।
२. क्रिस्टियानो रोनाल्डो
रोनाल्डोले व्यवसायिक फुटबलमा ७ सय ७५ गोल गरिसकेका छन्। यो कुनै पनि खेलाडीको लागि ठूलो उपलब्धि हो। रोनाल्डो उत्कृष्ट खेलाडीको दोस्रो नम्बरमा परेका छन्।
१. लियोनल मेसी
र्याङ्करले गरेको सर्वेक्षणमा अर्जेन्टिनी खेलाडी लियोनल मेसी २१ औं शताब्दीको उत्कृष्ट खेलाडीको एक नम्बरमा छन्। बार्सिलोनाका कप्तान मेसीले २००३ मा फुटबलमा डेब्यू गरेयता थुप्रै कीर्तिमानहरु बनाएका छन्।
त्यस्तै, सूचिको छैटौं स्थानमा आन्द्रेस इनियस्टा, आठौंमा जाभी, नवौंमा थिएरी हेनरी र दशौं स्थानमा काका रहेका छन्।
(नोटः भोटिङ क्रम नरोकिएकाले यो सूचिमा फेरबदल हुन सक्नेछ।)