नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ। यसमा विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना समावेश गरिएको छैन।
आइतबारसम्म देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन्।