जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतका लागि ह्वीप जारी नगर्ने भएको छ। यससँगै जसपाका सांसदहरुले स्वविवेक प्रयोग गरी मतदान गर्न पाउने भएका छन्।
पार्टी शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो। संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए।
तर डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने बताएका थिए। दुई पक्षबीच कुरा नमिलेपछि सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको हो।
याे पनि :
जसपा तटस्थ बस्दा ओलीलाई नै फाइदा, सत्ताको लागि पार्टी नफुटाईदिन अध्यक्ष ठाकुरको अनुरोध