नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा बैठकमा नजाने र तत्काल राजीनामा पनि नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो।
राजीनामा दिनका लागि केही सांसदहरु नमानेपछि यस्तो निर्णय भएको एक नेताले जानकारी दिए। राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा नेपाल पक्षीय सांसदहरु सहभागी नहुने भएका छन्।