नेकपा एमालेले ह्वीप उल्लंघन गर्ने सांसदलाई पार्टी नियमअनुसार कारबाही गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको पक्षमा मत दिन एमालेले ह्वीप जारी गरेको थियो।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले ह्वीपको पालना नगर्ने सांसदलाई पार्टीले कारबाही गर्ने जानकारी दिएका छन्। उनले संसदीय व्यवस्थामा ह्वीप उल्लंघन गर्नु गम्भीर विषयको भएको स्पष्ट पारेका छन्। बैठक बस्न बाँकी नै भएकाले बैठकपछि के हुन्छ त्यसकै आधारमा अघि बढ्ने उनले जानकारी दिएका छन्।