नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच वार्ता भएको छ। नेपाल पक्षका सांसदले प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने निर्णय गरेपछि दुई पक्षका नेताबीच छलफल भएको हो।
केही समयअघि नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो। ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका योगेश भट्टराई लगातका नेताहरु भेटमा सहभागी थिए।