स्पेनिस ला लिगामा यस सिजन उपाधिका लागि कडा टक्कर देखिएको छ। महत्त्वपूर्ण खेलहरुको नतिजा अनुमान गरिएभन्दा फरक आएपछि उपाधि दौडमा एकपछि अर्को ट्विस्ट आइरहेको छ।
बार्सिलोना र एथ्लेटिको मड्रिडबीच बराबरी भएपछि रियल मड्रिडले उपाधि जित्ने सम्भावना एकाएक बलियो बनेको थियो। तर, त्यसका लागि रियलले बाँकी खेलमा जित निकाल्नुपर्ने थियो। आइतबार राति भएको खेलमा रियलले सेभियासँग बराबरी खेल्यो। उक्त बराबरीले उपाधि दौडमा पुनः एथ्लेटिकोलाई बलियो बनाइदियो।
लिगमा ३५ खेल खेलका ५ टोलीबीच उपाधि कसले जित्ला भनरे ठोकुवा गर्न सकने अवस्था बनिसकेको छैन। एथ्लेटिको मड्रिड ७७ अंकका साथ तालिकाको शीर्षस्थानमा छ। समान ७५ अंक भएका रियल र बार्सिलोना क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। तालिकालाई हेर्दा उपाधिमा एथ्लेटिकोको सम्भावना बढी देखिन्छ। लिगमा उसले अब रियल सोसिडाड, ओसासुना र भाल्लाडोलिडसँग खेल्न बाँकी छ। यि ३ खेलमा विजयी भएमा एथ्लेटिकोले उपाधि जित्नेछ।
एथ्लेटिकोले ३ मध्ये एक खेल हारेमा वा बराबरी गरेमा र रियलले आफ्ना बाँकी खेल जितेका रियल च्याम्पियन बन्नेछ। रियलले अब लिगमा ग्रानाडा, एथ्लेटिक क्लब र भिल्लारियलसँग खेल्न बाँकी छ।
बार्सिलोनाका लागि उपाधि जित्न केही कठिन हुजे देखिन्छ। आफ्ना बाँकी खेलमा जित निकालेर पनि बार्सिलोनाले उपाधिका लागि एथ्लेटिको र रियलको खेल नतिजा कुर्नुपर्ने हुन्छ। कुनै समय एथ्लेटिको मड्रिड उपाधि दौडमा निकै अघि पुगिसकेको थियो। तर, केही खेलहरुमा अनपेक्षित नजिता आउँदा रियलले र बार्सिलोनाले उपाधि दौडमा पुनरागमन गरेका थिए। अब ३ शीर्ष टोलीले खेल्न बाँकी ९ खेलले जारी सिजनको ला लिगाको च्याम्पियन निर्धारण गर्नेछ।