प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार ढलेकाे छ। विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि ओलीकाे सरकार ढलेकाे हाे।
प्रधानमन्त्री ओलीले लिएको विश्वासको मतको पक्षमा जम्मा ९३ जना सांसदले मत दिएका छन्। प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ मत पाउनुपर्ने थियो।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्। तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन्।
यसको विपक्षमा १ सय २४ मत परेको छ। त्यस्तै, १५ सांसद टतस्थ बसे। प्रतिनिधि सभा बैठकमा जम्मा २ सय ३२ सांसद उपस्थित भएका थिए।