जनता समाजवादी पार्टी(जसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जसपा सत्ताको प्राप्तिका लागिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रित भएको जानकारी दिएका छन्। मंगलबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष ठाकुरले सरकार जसपाले उठाएका मुद्दाहरुबारे केपी शर्मा ओली नेतृत्वको सरकासँग सकरात्मक वार्ता भएको जानकारी दिँदै तत्काल जसपा सरकार निर्माणमा सहभागी नहुने आशय व्यक्त गरेका छन्।
‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट बिचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो, मधेश आन्दोलनको मर्म र भावना प्रतिकुल हो’ विज्ञप्तीमा भनिएको छ।
विज्ञप्तीमा जिम्मेवार राजनीतिक पार्टीको नाताले जसपा मधेशी, आदिवासी, जनजाती, थारु, दलित, महिला, मुश्लिमलयागत सिमान्तकृत, शोषित, पीडित समुदायको एजेण्डा सम्बोधनमा निरन्तर प्रयासरत रहने उल्लेख गरिएको छ।
केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेसँगै वैकल्पिक सरकार निर्माणको चर्चा शुरु भइसकेको छ। नयाँ सरकार गठनका लागि जसपा दुई धारमा विभाजित छ। महन्थ ठाकुरा, राजेन्द्र महतोलयातका नेता वैकल्पिक सरकारमा नजाने पक्षमा छन् भने डा.बाबुराम भट्टराई, उपेन्द्र यादवलयागतका नेता कांग्रेस र माओवादीसँग गठबन्धन गरी नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन्।
अध्यक्ष ठाकुरकाे विज्ञप्ती :