जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ। मंगलबार कार्यालयले १० बूँदै आदेश जारी गर्दै त्यसको पालना गर्न सबैलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन सर्वसाधरणलाई अनुरोध गरेको छ भने मानिसको भीडभाड हुने कुनै पनि गतिविधि सञ्चालनमा रोक लगाएको छ। विवाह, ब्रतबन्धका लागि १० जना मात्र हुने हुनुपर्ने आदेशमा उल्लेख गरिएको छ तर त्यसका लागि पार्टी प्यालस वा होटलमा कार्यक्रम गर्न रोक लगाइएको छ।