नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट २ सय २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २ सय २५ जनाको शव व्यवस्थापन गरेको छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।