नेपाल तेक्वान्दो महासंघ (एनटिएफ)का अध्यक्ष दीनेश शर्माले नेपाल प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन्। अध्यक्ष शर्माले आफ्नो व्यक्तिगत खर्चमा मगंलबार सहयोग वितरण गरेका हुन्।
‘यो महामारीहरुमा उहाँहरुले अग्रपङ्तीमा रहेर आफ्नो कर्र्तव्य निर्वाह गरिरहनु भएको छ,’ अध्यक्ष शर्माले भने – ‘उहाँहरुको आफ्नो सुरक्षामा केहि मद पुगोस भन्ने चाहना हो।’ उनले करिब २० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री इलाका प्रहरी कार्यालय निजगढमा एक कार्यक्रमबिच प्रदान गरे।
महासंघका अध्यक्ष शर्माले इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीलाई निजगढ अन्तर्गतको सिंगौंल र रतनपुरी अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीका लागि आवश्यक मास्क र सेनिटाइजर हस्तान्तरण गरे। साथै प्रनी चौधरीले उपस्थित पत्रकार एवं चौकी इन्चार्जहरुलाई उक्त मास्क र सेनिटाइजर वितरण गरे।
निजगढ ३ बारा निवासी समेत रहेका अध्यक्ष शर्माले २०७२ बैशाख १२ को विनासकारी महाभुकम्प र २०७६ सालको चैतमा गरिएको लकडाउनको अवधिमा पनि उद्धार, राहत र खाद्य सामग्री वितरण गरेर सामाजीक उत्तरदायित्व निर्वाह गर्दै आएका छन्।