स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोएम्यानले ला लिगाको जारी सिजन उपाधि जित्ने आशा सकिएको बताएका छन्। बार्सिलाेनाले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेसँगै कोएम्यानले जारी सिजन उपाधि जित्ने अवस्था नरहेको भन्दै निराशा व्यक्त गरेका हुन्।
‘दोस्रो हाफको खेलले धेरै नै निराश बनायो। तर, हामी अघि बढ्नुपर्छ र अर्को सिजनका लागि तयारी गर्नुपर्छ,’ खेलपछि कोएम्यानले भने।
‘पहिलो हााफमा हामी राम्रो स्थितिमा थियौं, हामीले जितकै लागि खेलेका थियौं। दोस्रो हाफमा धेरैपटक डरलाग्दो ठाउँमा बल पनि गुमायौं अनि डिफेन्स्मा पनि कमजोरीहरु भए,’ उनले थपे।
‘२–२ गोलको अवस्थामा हामीले प्रतिक्रिया जनायौं र त्यसपछि पनि गोल ग¥यौं। हामीले उनीहरुलाई गोल गर्न सहज अवस्था बनाइदियौं। ४५ मिनेटमा ३ गोल खानु बार्सिलोनाबाट आशा गरिएको खेल होइन,’ कोएम्यानले भने, ‘हाम्रो उद्देश्य पछिल्ला ३ खेल जित्नु थियो र अरुले पनि खेलमा अंक गुमाउँछन् कि हेरौं तर यो निकै कठिन भइसकेको छ।’