हमासले इजरायलको तेल अभिभमा १ सय ३० वटा रकेट आक्रमण गरेको बताएको छ। इजरायलले हवाइ आक्रमण गरेर गाजामा एक टावर ध्वस्त पारेपछि जवाफमा हमासले यो आक्रमण गरेको बताएको छ।
यसअघि हमासले जेरुसेलममा रहेक आक्रमण गरेपछि इजरायलले यो सशस्त्र समूहविरुद्ध हवाइ आक्रमण गरेको थियो। गएराती इजरायली हवाइ आक्रमणमा गाजामा रहेको १३ तले आवासीय भवन ध्वस्त भएको थियो।
यो भवनमा गाजाको इस्लामिक शासक हमासले पैयोग गर्ने एउटा राजनैतिक कार्यालय थियो। प्रत्यक्षदर्शीका अनुसार हवाइ आक्रमणको एक घण्टाअघि यो भवनमा बस्ने र वरिपरी बस्नेहरुलाई बाहिर निस्कन चेतावनी दिइएको थियो। भवनबाट सबै बाहिर निस्किएका थिए वा कोही त्यहाँ परेर मरे भन्ने स्पष्ट भएको छैन।