स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप अभियान (दोस्रो मात्रा) सञ्चालन गर्न काठमाडौंमा रहेका १० पालिकालाई आग्रह गरेको छ। स्वास्थ्य मापदण्ड अपनाएर खोप अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको हो।
स्वास्थ्य कार्यालयले जेठ २ गतेदेखि कोभिड १९ विरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) सञ्चालन हुने जानकारी दिँदै १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिहरुलाई खोप सेवा लिन सुचना जारी गरेको छ।
खोप सञ्चालनका लागि सबै पालिकामा खोप केन्द्र पनि तय गरिएको छ। खोप सेवा लिनका लागि तलको लिङ्कबाट आफ्नो नाम रजिष्टर गर्नुहोस् : https://vaccine.mohp.gov.np/