नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ६८ जनाको मृत्यु भएको छ। देशभरका विभिन्न अस्पतालमा गरी उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो।