नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमित बिरामीको उपचारमा सरकार गैरजिम्मेवार नालायक देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
‘यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेकाछन्।’
श्रेष्ठले राजधानीका कतिपय ठुला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबट बाहिर पठाईरहेका र कतिपय अस्पतालले अव कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेको जानकारी दिँदै गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार भन्दै प्रश्न गरेका छन्। उनले महामारीबाट जनता बचाउन आ– आफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ त्यसमा लाग्न सबै जनालाई आह्वान गरेका छन्।
यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै...
Posted by Narayan Kaji Shrestha on Wednesday, May 12, 2021