नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन वार्ता भएको छ। लामो समयदेखि संवादविहीन बनेका दुई नेताबीचको संवादले एमाले एकता नयाँ ढंगमा अघि बढ्ने बताइएको छ।
फोनमा ओलीले नेपाललाई भेटेर वार्ता गर्नका लागि प्रस्ताव गरेका छन्। नेपाल पनि वार्ताका विषयमा सकरात्मक रहेको बुझिएको छ।
आजै बालुवाटारमा बसेको बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ। बैठकले ओलीलाई नेता नेपालसँग सम्वाद गर्ने र सहमति गर्ने थप अधिकार पनि दिएको छ।
कारबाही फुकुवा गर्ने पार्टी अध्यक्षकाे निर्णयलाई माधव समूहका नेताले सकरात्मक कदमकाे संज्ञा दिएका छन्। ओली र नेपालबीच भेट वार्ता भएमा एमाले नयाँ ढंगले अघि बढ्ने विश्वास व्यक्त गरिएकाे छ।