इजरायलले गाजा सीमामा ठूलो संख्यामा सैनिक पठाइरहेको बताएको छ। हमास शासित क्षेत्रमा सम्भावित जमिन आक्रमणका लागि ९ हजार सैनिकलाई तयार रहन पनि निर्देशन दिएको छ। हाल प्यालस्टाइन र इजरायल दुबै महायुद्धतिर अग्रसर भइरहेका छन्। इजिप्टका मध्यस्थहरु युद्धविरामका लागि इजरायल पुगेपनि त्यसमा कुनै प्रगति हुने संकेत देखिएको छैन।
इजरायलमा चौथो रात पनि साम्प्रदायिक हिंसापछि लडाइ तीव्र भएको छ। लाउड शहरमा यहूदी र अबर समूहहरुको भिडन्त भइरहेको छ। प्रहरीले आफ्नो उपस्थिति बढाए पनि झडप रोक्न असफल भयो। यस युद्धले इजरायलमा दशकौंपछि भयावह यहूदी–अरब हिंसाको जन्म दिएको छ। लेबनानबाट राति बेलुकासम्म रकेट उडिरहेको थियो। यसले गर्दा इजरायलको उत्तरी सीमानामा तेस्रो पक्षको संलग्नता हुने खतरा पैदा भएको छ।
हमासद्वारा पूर्ण संघर्ष विरामका लागि छलफलको प्रस्ताव अस्वीकार
हमासका एक निर्वासित वरिष्ठ नेता सालेह अरुरीले लण्डनस्थित एक च्यानललाई उनको समूहले पूर्ण संघर्ष विराम र छलफल गर्न दिनका लागि गरेको ३ घण्टे विश्रामको प्रस्ताव अस्वीकार गरेको बताएका छन्। उनले इजिप्ट, कतार र संयुक्त राष्ट्र संघ विरामको प्रयासका लागि नेतृत्व गरिरहेका छन्।
इजरायली सेनाले गाजामा हवाई तथा जमिन हमला भइरहेको जानकारी दिएका छन्। गाजा शहरको बाहिरी इलाकामा विस्फोटका कारण आकाश नै धुवाँमय बनेको छ। विस्टोफ यति भयानक थियो कि धेरै टाढासम्म मानिसहरुको चिच्यावट सुन्न सकिन्थ्यो। ‘मैले भनेको थिएँ हमाससँग ठूलो मूल्य असुल्नेछौं। हामी यही गरिरहेका छौं र यहि गरिरहने छौं,’ इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेत्यान्यूहले भनेका छन्।
कसरी शुरु भयो लडाई ?
इजरायल प्यालेस्टाइन युद्ध सोमबारबाट शुरु भएको थियो। जब यरुशलम बचाउने दाबी गरिरहेको हमासले लामो दुरीमा रकेट आक्रमण शुरु ग¥यो तब दुइ देशबीच तनाव बढेको थियो। इजरायलले जवाफी कारबाही गर्दै हवाई हमला शुरु ग¥यो। त्यसपछि इजरायलले गाजाको अनेकौं ठाउँलाई निराना बनायो।
गाजा उग्रवादीले इजरायलमा करिब २ हजार रकेट प्रहार ग¥यो जसका कारण देशको दक्षिण भागमा जनजीवन ठप्प भयो। हमलामा करिब सय जना प्यालेस्टाइन नागरिक 000मारिएका छन्। जसमा २८ बच्चा र १५ महिला समावेश छन्। हमासले २० जना मारिएको पुष्टि गरेको छ। तर, इजरायलले यो भन्दा बढी संख्यामा मानिसहरु मारिएको बताएको छ।