नवनियुक्त प्रधानमनत्री केपी ओलीको सरकारमा पुरानै मन्त्रिमण्डलले निरन्तरता पाएको छ। राष्ट्रपतीले आज प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराएपछी यसअघि मन्त्रिहरुले पनि पुनः सपथ ग्रहण गरे।
हालका लागि पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएर केहि समयपछी मन्त्रिमण्डल हेरेफेर गर्ने तयारीमा प्रधानमनत्री रहेको बताइएको छ। हाल माधव कुमार नेपालसँगको बिवाद पुर्णरुपमा समाधान नभइसकेको र जसपाको महन्थ ठाकुर पक्ष पनि तत्काल सरकारमा सहभागी हुन आउने अवस्था नरहेकाले हालका लागि पुरानै मन्त्रिमण्डल यथावत राखिएको एमालेका एक नेताले बताए।
एमालेनिकट श्रोतका अनुसार बजेटपछी माधव नेपाल र महन्थ ठाकुरको समुहलाई समेटेर नयाँ मन्त्रिमण्डल बनाइनेछ। साथै केहि मन्त्रालयहरुको हेरफेर समेत गरिने जानकारी प्राप्त भएको छ।
यो पनि : माधवलाई ४, जसपालाई ८ मन्त्रालय! यी हुन नयाँ सरकारका सम्भावित मन्त्रीहरु