नेकपा एमालेको विवाद समाधानको लागि आज फेरी केपी शर्मा ओली र माधवकुमार नेपालबिच भेट हुने भएको छ। भेटमा विवाद समाधानका लागि गठन गर्न लागिएको कार्यदलका सदस्यहरु पनि सहभागी हुनेछन्।
बिहिबार करिव ५ घण्टा लामो छलफल गरेका नेताहरुले आजको भेटबाट विवाद समाधानका लागि थप छलफल गर्ने एक केन्द्रीय नेताले जानकारी दिए। भेटघाट साँझ ६ बजेपछी हुने उनले बताए।
बिहिबारको भेटमा दुई नेताहरु विवाद समाधानका लागि कार्यदल बनाएर अघि बढ्न राजी भएका थिए। बन्न लागेको १० सदस्यीय कार्यदलमा ओली पक्षबाट २ जना पछि थप गर्ने गरी विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेलको नाम तय भएको थियो भने माधव पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तको नाम तय भएको छ।
पार्टी एकता जोगाउन एमालेलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने र २८ फागुनयता संस्थान पक्षले गरेका निर्णयहरु खारेज हुनुपर्ने नेपाल समूहको मुख्य माग रहेको छ। उक्त माग सम्बोधनमा ओली लचक भएपछि माधव पक्षका सांसदहरुले दिने भनिएको राजीनामा तत्कालका लागि टरेको थियो।
यो पनि
माधवलाई ४, जसपालाई ८ मन्त्रालय ! यी हुन नयाँ सरकारका सम्भावित मन्त्रीहरु
नवनियूक्त मन्त्रिहरुले लिए सपथ, माधव–महन्थ समुहले केहि दिन अझै कुर्नुपर्ने
धेरै जोगी, मठको सत्यानाश : जस्तो नेकपाको हाल, उस्तै जसपाको चाल