भारतको राजस्थानको जैसलमेरमा एक दर्दनाक समाचार बाहिर आएको छ। सम्बन्ध नै घिनलाग्दो बनाउने उक्त घटना बुधबार सार्वजनिक भएको हो, जहाँ बुहारीको मायामा पागल भएका ससुराले आफ्नै जवान छोराको हत्या गरेका छन्।
हत्या १५ दिन पहिले भएको थियो। प्रहरीले अनुसन्धाका क्रममा बुधबार यस सनसनीपूर्ण घटना सार्वजनिक गरेको हो। भारतीय प्रहरीका अनुसार ती बुहारीले कागतीको रसमा निन्द्रा लाग्ने आषधी (स्लिपिङ ट्याब्लेट) मिलाइदिएर आफ्नै श्रीमानलाई सुताएकी थिइन्।
त्यसपछि सासु–बुहारी मिलेर करेन्ट लगाएर युववको हत्या गरेका हुन्। ससुराले करेन्ट लागेर छोरोको मृत्यु भएको खबर गाउँलेलाई सुनाएका थिए। यसपछि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए।
नाचना पुलिसका डीसीपी हुकमा राम विन्श्रोईका अनुसार मृतककी पत्नी र उनका बाबु मिलेर हत्या गरेका हुन्। रातमा स्लिपिङ ट्याब्लेट दिएपछि युवक बेहास भएका थिए। त्यसपछि उनलाई बिजुलीको करेन्ट लगाएर सधैंका लागि संसारबाट बिदा गरिदिएका हुन्।
प्रहरीका अनुसार मृतक हिरालालका भाइले आफ्नो भाउजूविरुद्ध उजुरी दर्ता गराएका छन्। अनुसन्धानका लागि शवलाई चिहानबाट निकालेर पोस्टमर्टमका लागि पठाइएको छ।
मृततकी पत्नीलाई प्रहरीको नियन्त्रण लिई सोधपुछ गर्दा घटनाको सबै रहस्य बाहिरिएको हो। आरोपी महिलाले ससुरासँग अवैध सम्बन्ध रहेको स्वीकार गर्दै त्यसमा आफ्नो पति बाधक बनेका कारण उनको हत्या गरेको बताएकी छिन्। प्रहरीले मृतकका पितालाई पनि पक्राउ गरिसकेको छ।