लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो फुटबलमा सबैभन्दा बढी तुलना गरिने दुई सर्वोत्कृष्ट खेलाडी हुन्। बढ्दो उमेरका बाबजुत दुई खेलाडीले गरिरहेको प्रदर्शन प्रशंसायोग्य छ। मेसी र रोनाल्डोलाई लिएर आज पनि विश्वका मानिसहरु दुई ध्रुवमा विभाजित हुन्छन्।
मैदानमा हुने गतिविधिका आधारमा दुई खेलाडीबीच निरन्तर तुलना भइरहन्छ। विभिन्न तथ्याङ्कमा आधारित हुने ती तुलनाले समग्रमा दुईमध्ये को उत्कृष्ट भनेर ठोकुवा गर्न सकेका छैनन्।
कुनै तथ्याङ्कमा मेसी अगाडि हुन्छन् भने कुनै तथ्याङ्कमा रोनाल्डो। कुनै सर्वेक्षणले मेसी उत्कृष्ट हुन् भनेर दाबी गर्छ भने कुनै सर्वेक्षणले रोनाल्डो। खैर, यहाँ हामी मेसी र रोनाल्डोलाई फुटबलको मैदानबाहिर लगेर तुलना गर्दैछौं।
खेलाडी जीवन बिताइरहेका उनीहरुको पनि व्यक्तिगत जीवन छ, अनि त्यहाँ खुशी छ, पीडा छ, रोदन छ, संघर्षहरु छ। सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरुसँग परिवार छ। मेसी र रोनाल्डाले आफ्नो परिवारसँगका पलहरु बेलाबेला सामाजिक सञ्जालमार्फत सेयर गरिरहेका छन्। तस्वीरमा हेर्नुहोस् मेसी र रोनाल्डोमा को बढी रोमान्टिक :