भारतको हरियाणमा एक युवतीको सामूहिक बलात्कार भएको छ। प्रेमीले विवाह गर्ने भन्दै प्रेमिकालाई बोलाई जंगल लगेर साथीहरुसँग मिली उनको सामूहिक बलात्कार गरेका छन्।
बलात्कारका ओरोपी युवा र पीडित युवतीबीच फेसबुकबाट चिनजान भएको थियो। विस्तारै–विस्तारै एकअर्कासँग नजिकिएपछि उनीहरुको मित्रता मायामा परिणत भयो। दुबै जना एक अर्कासँग बिहे गर्ने सोच पुगिसकेका थिए।
तर, एकपटक प्रेमीले भेट्न बोलाएपछि प्रेमिका रामगढ हिँडेकी थिइन्। पीडित युवतीले आफूलाई आरोपी युवक र उनका साथीहरुले अपहरण गरी जंगल लगेको र पटकपटक बलात्कार गरेको बताएकी छिन्।
प्रहरीलाई युवतीले दिएको बयानअनुसार बलात्कारपछि उनलाई बदरपुर बोर्डरमा लगेर उनीहरु भागेका थिए। त्यसपछि युवतीले फोनमार्फत घटनाबारे आफ्नो भाइलाई जानकारी गराएकी थिइन्। १२ मेमा हसनपुर थानामा घटनाबारे जानकारी गराइएको थियो।
उजुरी पाउनेबित्तिकै अनुसन्धानमा खटिएको प्रहरीको टोलीले आरोपी युवकलाई पक्राउ गरेको छ। ती युवकका अन्य साथीहरुको खोजीका साथै घटनाको गम्भीर अनुसन्धान अघि बढेको त्यहाँको प्रहरीले जानकारी दिएको छ।