विहारको नवादा जिल्लास्थित एक पानीले भरिएको तलाउमा बुधबार एक महिला र उनका ४ बच्चाको शव फेला परेको छ। घटनाबारे जानकारी दिँदै एक प्रहरीले भने, ‘पाँचजनाको पहिचान भइसकेको छ। मृतकहरु सिदरला थानाक्षेत्रको कसियाडीह गाउँका सुनील यादवकी पत्नी निर्मलादेवी र उनका ३ छोरीसँगै एक छोरो रहेका छन्।’
उनकाअनुसार मृतकका बाबुले ज्वाई र घरवाला मिलेर छोरी र नाति–नातीनीको हत्या गरेको आरोप लगाएका छन्। निर्मलादेवीका बुवाले निर्मलाको घरपट्टिको सम्बन्ध राम्रो नरहेको जानकारी दिँदै उनीहरुको हत्या गरी शवलाई तलाउमा फालेको बताएका छन्। प्रहरीले पाँचवटै लाशको पोस्टमार्टम गरी घटनाको अनुसन्धान गरिरहेको छ।