कोरोना महामारीका कारण सिनेक्षेत्र लगभग ठप्प रहँदा पनि फुर्सद नपाएका कलाकार हुन्, पल शाह। चलचित्रको छायाँकंन रोकीएपनि पल विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नमै व्यस्त रहे।
अहिले पनि व्यस्त नै छन् तर कुनै फिल्म वा म्युजिक भिडियोको काममा होइन्। कोरोनाभाइरस महामारीमा उनी अहिले अक्सिजन जुटाउन लागिपरेका छन्। अक्सिजन र अक्सिजन सिलिन्डरको अभावका कारण कोरोना संक्रमितको उपचारमा कठिनाई भइरहेको बेलामा पलले एउटा समुह बनाएर विभिन्न स्थानबाट सिलिण्डर र अक्सिजनको जोहो गरिरहेका छन्।
अक्सिजन जुटाउनका लागि उनी २ नम्बर प्रदेशको बारा जिल्लास्थित जीतपुर–सिमरा समेत पुगे। त्यहाँबाट अक्सिजन भरेर फर्किएको पलको टोलीले काठमाडौंका विभिन्न अस्पतालहरुमा अक्सिजन वीतरण गरेको छ।
उनले अब आफ्नो गृहजिल्ला दाङ पुगेर पनि सहयोग गर्ने पनि बताएका छन्। साथै उनले कसैसँग खाली सिलिण्डर भए आफ्नो समुहलाई उपलव्ध गराईदिन आग्रह गरेका छन्। त्यसका लागि मोबाइल नम्बर ९८५११०२६५२, ९८५११०२६५३ र ९८५११०२६५४ मा फोन गरेर सहयोग हस्तान्तरण गर्न सकिने जानकारी दिएका छन्।
महामारीकाे बेलामा नेपाली कलाकारहरू निश्क्रिय रहेकाे भन्दै आलोचना भइरहेको बेलामा पलको यो प्रयासलाई सबैले सह्राना गरेका छन्।