इजरायल र फलस्तीनविचको युद्ध झनझन बढ्दै गएको छ। इजरायलको एक हवाई आक्रमणबाट गाजा शहरस्थित एउटा ठुलो टावरलाई पुर्ण रुपमा ध्वस्त गरिदिएको छ। त्यो बिल्डिङमा एसोसिएटेड प्रेस (एपी), अल जजीरा समेत अन्य कैयौ ठुला सञ्चारमाध्यमहरुको कार्यालय थियो।
आक्रमणको करिव एक घण्टा अघि सेनाले टावर खाली गर्न आदेश दिएको थियो। यो टावरमा सञ्चारमाध्यमको कार्यालय सहित आवासीय अपार्टमेन्टहरु समेत थिए। इजरायलको हवाई आक्रमणले १२ तल्ले टावरलाई क्षणभरमै तहनहश बनाएको थियो। बिल्डिङ ढलेपछी चारैतिर धुलैधुलो भएको थियो। हमला किन गरिएको भन्नेबारे भने अहिलेसम्म खुल्न सकेको छैन्।
अल जजीराले आफ्नो ट्वीटमा भनेको छ, ‘इजरायलले गाजापट्टीमा जाला टावरलाई नष्ट गरिदियो, जसमा अल जजीरा कार्यालय र अन्य अन्तरराष्ट्रीय सञ्चारमाध्यमहरुको कार्यालय थियो।’ एपीका एकजान पत्रकारका अनुसार घटनाअघि सेनाले टावरका मालिकलाई चेतावनी दीएको थियो।