प्रबासी जिबन त्यति सहज र सरल छैन। प्रबासमा रहंदा अधिकांशको सपना हुन्छ धन कमाउने। यो सपना धेरैको पुरा भएता पनि मन भने कमाउन सकिरहेको देखिँदैन। धनसंगै प्रबासी नेपालीहरूको मन,साथ ,माया र सहयोग अनि बिस्वास कमाउंने प्रबासी नेपालीहरूमा पर्छन रबिन्द्रकुमार शर्मा।
रबिन्द्र लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइरहेका छन। बिद्यार्थीको रूपमा १० बर्ष अगाडि अष्ट्रेलिया छिरेका रबिन्द्रको अहिले सिड्नीको नेपाली समाजमा आफ्नै बिशिष्ट पहिचान र उपस्थिति छ।
बाबा ऐजुकेसन कन्सल्टेन्सी मार्फत शिक्षा क्षेत्रमा लागि पर्दै आएका रबिन्द्रले बाबा र आर के एस अष्ट्रेलिया मार्फत सिड्नीको नेपाली समाजमा सह्रानीय कार्य गर्दै आइरहेका छन। सिड्नीमा आयोजना हुने नेपाली चलचित्र होस या कुनै सांस्कृतिक कार्यक्रम नै किन नहोस? यस्ता कार्यक्रममा उपस्थिति र साथ अनि सहयोग गर्छन, रबिन्द्र। उनलाई नजिकबाट चिन्नेहरू भन्छन -‘ निकै जोशिला, उत्साही र जाँगरिला यूवक हुन रबिन्द्र। उनको कार्यकालमा अर्बन समाजले राम्रो फड्को मार्ने छ।'
रबिन्द्रलाई नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको मुटु अर्बनमा रहेका नेपालीहरूले आफ्नो संस्थाको प्रमुखको रूपमा चयन गरेका छन। रबिन्दकुमार शर्मा अर्बन नेपाली समाजको अध्यक्षको रूपमा चयन भएका हुन - ‘आगामी दिनमा सस्थालाई सामूहिक रूपमा नेपालीहरूको हक हितको पक्षमा दिलो ज्यानले लागाउन् प्रतिबद्धता ब्यक्त गर्दछु - ‘अध्यक्ष पदमा चुनिएपछी शर्माले भने। यसैगरी समाजको उपाध्य़मा जितेन्द्र श्रेष्ठ र सबिन डाँगी, महासचिवमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, यूवा संयोजकमा युद्दीका कुंवर चयन भएका छन।
सदस्यहरूमा मनोज अधिकारी, भूपेन्द्र कंडेल, आयुष अधिकारी , निशान कार्की, धिरेन बहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन। समाजले सल्लाहकारहरूमा दिनेशकुमार पोखरेल, मनरिषि धिताल, रमेश बानियां, राजकुमार श्रेष्ठ र राजु गिरीलाई चयन गरेको छ भने पूर्ब अध्यक्ष अशोक उप्रेतीलाई संरक्षकको रूपमा चयन गरिएकाे ५। रेको छ ।