पछिलो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ सय ४५ जनाको मृत्यु भएको छ। त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।